एजेन्सी,सिंगापुर लगातार पाचौं वर्ष विश्वको सबैभन्दा महंगो शहरका रुपमा सूचीकृत भएको छ । न्यूयोर्क, लन्डन र लस एन्जेलस भने महंगा शहरको सूचीमा टप टेनमा समेत परेनन् ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले यसै वर्ष विश्वव्यापीरुपमा ‘जीवनयापन लागत सर्वेक्षण’ गरेर महंगा शहरको सूची बनाएको हो ।ईआइयूको वार्षिर्क याङ्किङमा विश्वभरका १ सय ३३ शहरका १ सय ५० आइटमहरुको मूल्य तुलना गरिएको थियो । ती आइटमहरुमा पाउरोटी, रक्सी, चुरोट र पेट्रोललगायत थिए ।
एसियाको अर्थतन्त्र विस्तार भइरहँदा जीवनयापन लागतसमेत बढिरहेको अवस्थामा सिंगापुर एक नम्बरमा आएको हो । टप १० मा दक्षिणपूर्व एशियाको आर्थिक केन्द्र सिंगापुरसँगै सियोल र हङकङ पनि परेका छन् ।टप १० महंगा शहरमा यूरोपका पेरिस, जुरिच, ओस्लो, जेनेभा र कोपेनहेगन परेका छन् । एसिया वा यूरोपभन्दा बाहिरबाट टप १० मा पर्ने एक मात्र शहर हो सिड्नी ।
प्रतिक्रिया