काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालय संख्या २१ मन्त्रालय बनाउने सहमति भएको छ । सिँचाई,युवा तथा खेलकुद र श्रम तथा रोजगार गरि तीन मन्त्रालय थपिएको छ । अब शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् ।
सत्तारुढ दलहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढाउने सहमति भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । जबकी उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो ।
श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् ।संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् ।
प्रतिक्रिया