देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धौलागिरीमा स्याउबारे तथ्यांक विभाग द्धारा अध्ययन सुरु

देशान्तर

धौलागिरी,       मुस्ताङ, म्याग्दी र बागलुङमा उत्पादन हुने स्याउको लगत संकलन र राष्ट्रिय आयमा परेको प्रभावबारे अध्ययन सुरु भएको छ। नेपालको राष्ट्रिय आयमा स्याउ को हिस्सा पत्ता लगाउन पहिलोपटक अध्ययन सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

उच्च पहाडी र हिमाली जिल्लामा स्थायी बालीको रूपमा खेती गरिँदै आएको स्याउको राष्ट्रिय आयमा हिस्सेदारीको विषयमा पहिलो अध्ययन सुरु गरेको विभागका कार्यवाहक महानिर्देशक नविनलाल श्रेष्ठले बताएका छन ।

स्याउको व्यवसायिक खेती हुने गरेको र ठूलो परिमाणमा स्याउ उत्पादन हुने भए पनि त्यसले नेपालको राष्ट्रिय आयमा पारेको प्रभावका बारेमा अहिलेसम्म अध्ययन नभएको श्रेष्ठले बताएका छन ।