देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीश गोपाल पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

देशान्तर

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् ।
पराजुलीले आफूले न्यायालयलाई विवादमा तान्न नचाहेको बताउदै राजिनामा दिएका हुन ।
पराजुलीलाई परिषद सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी दिँदै पत्र बुझाएको थियो । उनले भने आफू पदमुक्त नभएको जीकिर गर्दै आएका थिए। उहाँले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका बताएका छन ।