काठमाडौं । नेपाल आयल निगमले सहमति अनुसार काम नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी आन्दोलित बनेका छन् । ट्यांकर व्यवसायीले बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् ।
ट्यांकर मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गतको ट्यांकर इकाई कार्यालय चार आलीले बिहीबारदेखि नेपाल आयल निगम अन्तर्गतका पम्पहरुमा सम्पूर्ण ढुवानी कार्य बन्द गरेको अध्यक्ष तोकप्रसाद दुलाल बताएका छन ।
आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा टैंक ट्रकमा लगिंग सिस्टम लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीहरुले लगिंग सिस्टम लागू गरेपछि लस गेन आयतन घटीबढी को सम्पूर्ण जिम्मा आयल निगमको हुनुपर्ने माग ट्यांकर व्यवसायीको छ ।
प्रतिक्रिया