काठमाडौं । प्रधानन्यायाधीशको हैसियतमा राष्ट्रपतिलाई सपथ खुवाएर साँझ ७: २५ मा बालुवाटारस्थित निवास फर्किएका गोपाल पराजुलीले बुधबार दिएको संक्षिप्त प्रतिक्रिया– ‘म न्यायपरिषद्, संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइ पूरा गरेर प्रधानन्यायाधीश भएको हुँ। मेरो जन्ममितिको अन्योल त्यसअघि नै निरूपण भइसकेको छ। त्यसैले उमेरकै विषयमा थप बोलिरहन आवश्यक छैन।
एउटा सचिवले प्रधानन्यायाधीशको पद गयो भनेर लेख्नु असंवैधानिक हो। त्यस्ताे निर्णय म स्वीकार गर्दिन। भोलि प्रधानमन्त्री वा राष्ट्रपतिलाई एउटा सचिवले तपाइँको पदावधि सकियो, बर्खास्त हुनुभयो भनेर पत्र लेखे भने के गर्ने ? प्रधानन्यायधीश पद सचिवले सिर्जना गरेको होइन, लामो प्रक्रिया पुर्याएर आएको पद हो। न्यायपरिषद्को बैठक डाकेर त्यस्तो निर्णय खारेज गरिनेछ।म प्रधानन्यायाधीशको हैसियतमा बहाल छु। त्यसैले अब पनि सदाझैं अदालत जान्छु।
इजलास र पेशी तोक्छु। न्यायधीश चोलेन्द्रशमशेर राणालाई न्यायलयको नियमित अभ्यासअनुसार मैले इजलासमा राखेको हुँ। तर, उहाँ अथवा कसैले न्यायाधीशको हैसियतमा न्यायिक आचरण बिर्सेर वक्तव्यबाजी गर्न मिल्दैन। उहाँले गलत काम गरिराख्नुभएको छ। अन्य न्यायाधीशको इजलासमा उपस्थित नभएको विषयमा म केही बोल्दिन, बिहीबारसम्म निष्कर्ष निस्किन्छ भन्ने अपेक्षा गरौँ।’ नयाँ पत्रिकाबाट
प्रतिक्रिया