देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिले लिइन् ‘पदमुक्त’ प्रधानन्यायाधीश पराजुलीसँग शपथ

देशान्तर

काठमाडौं नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । भण्डारीले आज (बुधबार) अपरान्ह प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् । उनले ईश्वरका नाममा शपथ लिएकी छन् ।

यसैबीच प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार अपरान्ह अवकाश भइसकेको जानकारी गराएको हो ।

परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् । न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।