काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको मागअनुशार संविधान संशोधन गर्न सकिने बताएका छन । प्रतिनिधिसभा,राष्ट्रियसभा, तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन ।
देशलाई नोक्सानीहने,अखण्डतामा असर पर्ने गरी संविधान संशोधन गर्न नसकिने उनले बताएका छन ।
सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिदैँ जनताको मतले सांसद भएकाले उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताएका छन ।कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।
प्रतिक्रिया