देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशी विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो

देशान्तर

काठमाडौं, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यृ भएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए ।अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन ।