देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूएस बंगलाको विमान दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको पुष्टि

देशान्तर

काठमाडौं  . यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा आज दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार थिए । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए हुन ।