उपसभामुखको निर्वाचन चैत्र २ गते हुने भएको छ । संघीय संसद् सचिवालयले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
आगामी बिहीबार बिहान ११ देखी २ बजेसम्म उपसभामुखका लागि संघीय संसद् नयां बानेश्वरमा उम्मेदवारी दर्ता गराउनुपर्ने कार्यक्रम सचिवालयले सार्वजनिक गरेको छ ।
उम्मेदवारी दर्तासंगै सोही दिन संघीय संसद् सचिवालयले उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।
उपसभामुखका लागि शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा १ बजे मतदान हुने निर्वाचन कार्यतालिका छ । सभामुखको निर्देशनमा संघीय संसद् सचवालयले उपसभमुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रतिक्रिया