काठमाडाैं : ‘अध्यात्म, स्वास्थ्य र सफलता’ लाई आफ्नो अभियानको रुपमा विकसित गर्दै लगेको मनोक्रान्ति केन्द्र ३१ औँ वर्ष पार गरेको छ । सयौंको संख्यामा मनोक्रान्तिका युवाहरुले पाँच वर्षे साधनासँगै महिनौँसम्मको भू–तपस्या, सिसा नृत्य, अग्नि नृत्यहरुको सफल परीक्षण एवम् प्रदर्शन गरी योगमा विश्व कीर्तिमान पनि राख्न सकेका छन् ।
मनोक्रान्तिबाट दीक्षित युवाहरु देश तथा विदेशका विभिन्न क्षेत्रहरुमा सुपर लर्निङ्ग, मोटिभेसन तथा योग विज्ञानका विभिन्न कार्यक्रमलाई विस्तार गरिसकेका छन् ।
आफ्नो स्थापनाको ३१ औँ वर्षगाँठको अवसरमा आउँदो शनिबार बिहान ७ः३० बजेदेखि १०ः३० सम्म जावलाखेल खेल मैदान ललितपुरमा मनोक्रान्तिले बृहत् जमघटको आयोजना गरेको छ ।कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थित रहनेछ ।
साथै डाक्टर योगी विकाशानन्दको विशेष प्रशिक्षण रहनेछ । यस कार्यक्रममा विशेषतः स्वास्थ जीवनका लागि योग ध्यान, सफलता शास्त्र र स्मरण शक्तिका लागि सुपर लर्निङ्गमा आधारित कार्यक्रमहरु हुने छन् ।
प्रतिक्रिया