देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश ४ का मुख्यमन्त्रीले विश्वासको मत लिने

देशान्तर

काठमाडौं । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने संसदको पाँचौ बैठकमा उहाँले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री गुरुङले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् । उक्त प्रस्तावमा लिखित रुपमा मतदान हुनेछ ।

विश्वासको मत जित्न बहुमत आवश्यक पर्ने हुँदा उनले ३१ मत ल्याउनुपर्नेछ । यो प्रदेशमा एमाले र माओवादीको संयुक्त गठबन्धनमा ३९ मत रहेको छ ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभामा सपथ लिनुपर्ने प्रावधान रहेको छ । गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसैबिच, संसदको आजको बैठकमा सोमबार पेश भएको प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७४ को पनि थप छलफल हुनेछ ।