काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिएका छन् ।
आज अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिएका हुन् ।
अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए । यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोही अनुसार गम्भीर रुपमा लिनुपर्ने गृहमन्त्री थापाले बताए ।
विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुकका रुपमा नेपाललाई चिनिनबाट रोक्न पनि सुरक्षाको पाटोलाई विशेष ध्यान दिन उनले आग्रह गरे ।
देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उनको भनाइ छ ।
प्रतिक्रिया