काठमाडौं ।
प्रधानमन्त्री केपी ओली सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको तीनजनालाई सपथ गराउने बाटो खुलेको छ ।
वर्तमान सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका डा।युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा नियुक्त हुने बाटो खुल्ला गरेको हो । यसअघि, न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सपथ नगराउन भन्दै दिएको अन्तरीम आदेश न्यायाधीशद्धय केदार प्रसाद चालिसे र शारदा प्रसाद घिमिरेको संयुक्त इजलासले खारेज गरेको हो । सो अन्तरिम आदेश खारेज भएसंगै ओली सरकारले सिफारिस गरेका तीनै जनाले सपथ लिने बाटो खुलेको हो ।
कंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले ओली सरकारले गरेको सिफारिस संविधान विपरित भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन । सो रिटको सुनुवाई गर्दै न्यायाधीश राउतले तत्काल सपथ नगराउन भन्दै अन्तरिम आदेश दिएका थिए ।
प्रतिक्रिया