देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. गोविन्द केसीविरुद्ध आख्तियारमा उजुरी

देशान्तर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. गोविन्द केसीविरुद्ध परेको उजुरीको छानविन सुरु गरेको छ ।

युवा संघ नेपालको केन्द्रीय विभागका सचिव विपिन ढकालले डा. केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराउनुभएको थियो । उजुरीमा ढकालले डा. केसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पनि माग गर्नुभएको छ ।

अख्तियारले पनि उजुरीमा माग गरिएअनुसार छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ । नेता ढकालले केसीविरुद्ध अख्तियारमा दर्ता गरेको उजुरीमा चारवटा आरोप लगाईएको छ ।
उजुरीकर्ता ढकालले यी आरोपमाथि छानबिन गरी उनीविरुद्ध कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।