देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले सैन्य बजेट आठ प्रतिशतले बृद्धि गर्ने

देशान्तर

एजेन्सी, चीनले आफ्नो सैन्य बजेटमा ८ प्रतिशत बृद्धिको घोषणा गरेको छ ।काठमाडौं, फागुन २१ । चीनले आफ्नो सैन्य बजेटमा ८ प्रतिशत बृद्धिको घोषणा गरेको छ ।
प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा सम्बोधन गर्दै सैन्य बजेट घोषणा गरेका छन् । यो घोषणासंगै चीनको आगामी वर्षका लागि सैन्य बजेट १ सय ७५ विलियन डलर पु¥याइएको छ ।
लीले आर्थिक वृद्धि दर ६ दशमलब ५ प्रतिशतको लक्ष्य राखेका छन् । चिनियाँ सरकारले आगामी वर्षमा आर्थिक,जनसंख्या, गरिबी घटाउने जस्ता तीन वटा मुद्दामा ध्यान केन्द्रित गर्ने जनाएको छ ।
नेशनल पिपुल्स कंग्रेसले एउटा व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउने प्रावधान हटाउने अनुमान गरिएको छ ।यस्तो निर्णय आएमा वर्तमान राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न पाउने बाटो खुल्नेछ ।