देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले लिए सपथ

देशान्तर

काठमाडौं । निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् ।

प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण ग्रहण अपरान्ह चार बजेका लागि तय भएपनि केही ढिलामात्रै सुरु भएको थियो ।बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धा्रित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।

राष्ट्रिय गानबाटसुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहर भट्टराईले उपस्थित सांसद सदस्यलाई स्वागत गरेका थिए । भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सपथ गराए । सपथ लिएपछि सांसदले सांसदको लोगो लगाएका थिए ।

प्रतिनिधि सभाका सदस्यहरुले सपथ लिएको केहीबेरपछि राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथ खुवाएकी थिइन् । ठाकुर र भट्टले दुवैले आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराइएको हो । प्रतिनधि सभामाम कैलाली १ बाट विजयी रेशम चौधरी भने सपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिन बानेश्वर पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसद पनि सपथ समारोहमा गएनन् ।

ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण बिडारीलाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

यसैवीच ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिएको संघीय संसद सचिवालयले जनाएको छ । मैथिली, भोजपुरी, थारु, मगर, अवधि, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ लिएका हुन् ।