देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसममा खराबी आएपछि यूरोपको जनजीवन प्रभावित

देशान्तर

एजेन्सी । मौसम खराब भएपछि युरोपको जनजीवन प्रभावित भएको छ । युरोपका धेरै देशको अहिलेको मौसम सन् १९९१ पछिकै सबैभन्दा खराब भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हावाहुरी र हिमपातका कारण त्यहाँका विद्यालय, उडान र रेल सेवा ठप्प भएको बीबीसीले जनाएको छ । बेलायत र आयरल्याण्डमा जनजीवन धेरै प्रभावित भएको खबरमा उल्लेख छ । टकल्याड, आयररुलयाण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ ।
खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो ।