जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राउतले चार मन्त्री र तीन राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
संघीय समाजवादी फोरमले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्रकुमार साहलाई नियुक्त गरिएको छ । फोरम नेपालबाट नरेन्द्र राय यादव, सरोज सिंह र उषा यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामनरेश राय र सामाजिक विकास मन्त्रीमा नवलकिशोर साह मन्त्री बनेका छन् ।
मुख्यमन्त्री राउतले यसअघि फोरमबाट विजय यादवलाई अर्थ मन्त्री र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै एक कार्यक्रमकाबीच सपथ लिएका छन् ।
प्रतिक्रिया