देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलको नेतामा देउवाको उम्मेद्वारी घोषणा, प्रकाशमानले के गर्लान ?

देशान्तर

काठमाडाैं । नेपाली काग्रेस पार्टीभित्र संसदीय दलको नेता को छान्ने भन्ने बिषयमा विवाद भईरहेको बेला कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा आफुले संसदीय दलको नेतामा उम्मेद्वारी दिने औपचारीक घोषणा गर्नुभएको छ ।

महामन्त्री शसांक कोईराला निवास टोखामा नवनिर्वाचित सांसदहरुको लागि बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा संवोधन गर्दै देउवाले भने ‘संसदीय दलको नेतामा मेरो उम्मेद्वारी रहनेछ’ ।

देउवाले औपचारीक रुपमा उम्मेद्वारी घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरु एकअर्का प्रति एकछिन हेराहेर भएका थिए । सभापति देउवालाई संसदीय दलको नेता बनाउनु हुन्न भन्ने नेताहरु नतमस्तक बनेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका अघिकांस सांसदहरुको उपस्थिति रहेका थिए ।

संसदीय दलको नेतामा देउवाविरुद्ध पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेद्वारी दिने बताउँदै आउनुभएको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेताहरु गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी लगाएतका नेताहरुले संसदीय दलमा देउवाको बिकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

महामन्त्री शंसाक कोईरालाले भने आफुलाई सर्वसम्मत रुपमा दलको नेता बनाए बन्ने, अन्यथा चुनाव नलड्ने बताउँदै आउनुभएको छ । कांग्रेसको विधानमा जो संसदीय दलमा निर्वाचित हुन्छ, उसैले मुलुकको प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचन फागुन २१ गतेको लागि तोकेको छ ।