देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

को बन्ला कांग्रेस संसदीय दलको नेता ? यस्तो छ देउवा र सिंहबीचको प्रतिस्पर्धा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चनयका लागि गठन गरेको कार्यदलले तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले २१ गते निर्वाचन गर्ने भएको छ । दलको नेता चयनका लागि उम्मेदवारी दर्ता भने २० गते हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यदलको यसअघि बसेको बैठकले १८ गतेको बैठकपछि निर्वाचनको अन्तिम कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको श्रेष्ठले बताए । दलको नेता चयनका लागि निर्वाचन तालिका १८ गतेको वैठकपछि सार्वजनिक हुनेछ । चुनाव २१ गते हुने भएकोले उम्मेदवारी दर्ता २० गते नै हुने भएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनका लागि श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे समिति बनाएको थियो ।

संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्र आफू संसदीय दलको नेता बन्ने नभए उमेदवारी नदिने बताउँदै आएका छन् ।