काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाई पु¥याउने गरी वाम गठबन्धनले संघिय समाजवादी फोरमसँग लिखित रुपमा समझदारी गर्ने तयारी थालेको छ । यसअघि उपेन्द्र यादव नेतृत्वको फोरमलाई सरकारमा सहभागि गराउनका लागि एमाले र माओवादीका नेताहरुले लबिङ गर्दै आएका थिए ।
फोरमले भने संविधान संशोधन गर्ने बिषयमा सहमति भए सरकारमा सहभागि जनाउने बताउँदै आएका छन् । संविधान संशोधनका बिषयमा प्रधानमन्त्री ओलीको सकारात्मक धाराण आएपछि फोरमले सरकारमा सहभागि जनाउने संकेत गरेका हुन् । फोरमले सरकारमा सहभागि जनाउने भएपछि प्रधानमन्त्री ओलीले सोमबार आंशिक रुपमा मात्र मन्त्रीमण्डल बिस्तार गरे ।
फोरमका एक नेताले भने ‘आफुहरुको मुख्य माग भनेको संविधान संशोधन गरी सवैलाई मान्य हुने संविधान बनाउने हो’ उनले थपे ‘यस बिषयमा ओलीजी सकारात्मक देखिनुभयो, हामी उहाँहरुसँग सकेसम्म आजै लिखित समझदारी गरेर सरकारमा सामेल हुन्छौँ’ ।
सरकारले फोरमलाई परराष्ट्र दिने तयारी थालेको छ । फोरमले भने यस बिषयमा केहि बोलेको छैन, भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने बिषय टुंग्याएको छैन । औपचारिक रुपमा लिखित समझधारीपछि मात्र सरकारमा को–को मन्त्री बनेर जाने भनेर निर्णय गर्ने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
प्रतिक्रिया