काठमाडौं । सिहंदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरि स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिहंदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । हेल्थ डेस्कको मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले उद्घाटन गर्दै मुख्य सचिव रेग्मीले सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्रद्य आवश्यक हुदा हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताए ।हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको ठाउँमा हेल्थ डेस्क सञ्चालन गरे पनि केही समयपछि सुविधा सम्पन्न फ्ल्याटमा सर्ने उनले बताए ।
हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिने र हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउने उनको भनाई थियो ।
हेल्थ डेस्कमा एक चिकित्सक, एक नर्स र प्यारामेडिस्क रहनेछन् । प्रत्येक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने हेल्थ डेस्कबाट सिंहदरबारभित्र कार्यरत झण्डै ७ हजार कर्मचारी लाभान्वित हुनेछन् ।
प्रतिक्रिया