काठमाडौं– आज हुने मन्त्रिपरिषद विस्तारमा माओवादीका तर्फबाट २ जनाले मात्रै मन्त्रीको सपथ लिने भएका छन् । यसअघि माओवादीको कोटामा परेका सातै जनाले सपथ लिने बताइएपनि आन्तरिक छलफल बाँकी रहेको भन्दै २ जनालाई मात्रै सपथ खुवाउन लागिएको हो ।स्रोतका अनुसार आज रामबहादुर थापा र मात्रिका यादव मात्र सपथ खुवाउने बताइएको छ ।
बाँकीलाई अर्को पटकको मन्त्रिमण्डल विस्तारमा समेटेने बताइको छ । माओवादीबाट थापा बाहेक बर्षमान पुन, जनादर्न शर्मा, मात्रिका यादव, शक्ति बस्नेत , गिरीराजमणी पोखरेल, विना मगर हुने सूचि तयार भएको छ ।
तर, को नेताले कुन मन्त्रालय लिने भन्ने विवाद देखिएको छ ।थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निश्चित भएको छ भने यादवका हकमा निर्णय भैनसकेको बताइएको छ ।
प्रतिक्रिया