काठमाडौँ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनमा भारत सकरात्मक देखिएको छ ।
आइतबार सम्पन्न नेपाल भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक पछि आयोजित पत्रकार सम्मेलनमा समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले कुनै पनि पक्षलाई निरास हुन नदिने भन्दै सन्धि पुनरावलोकनका लागि भारत तयार भएको बताएका हुन ।
उनले भारत सरकारका तर्फबाट विश्वास दिलाउन चाहन्छु कि हामी कसैलाई पनि निराश हुन नदिने बताए ।
आइतबार सम्पन्न बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो। चार महिना म्याद बाँकी रहेको ईपीजीले प्रतिवेदनको मस्यौदासमेत तयार गर्ने कामलाई अगाडि बढाइरहेको छ ।
बैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायतका जटिल विषयमा छलफल भएको र छलफल सकरात्मक भएको नेपालतर्फका प्रमुख पूर्वमन्त्री भेषबहादुर थापाले जानकारी दिए।
दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्ध लगायतका बिषयमा तयार भएको मस्यौदा माथि दुबै पक्षले दुई दिनसम्म छलफल गरेका थिए।
डा. थापाले सबै कुरा निष्कर्षमा नपुगी भन्नु गलत हुने भन्दै दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमा व्यवस्थापन, जलस्रोत लगायतका विषयमा भारतको टृष्किोण कारात्मक रहेको बताए ।
जटिल भनिएका खुला सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षाका विषयमा दुबै पक्षले समान धारणा बनाएर समाधान खोज्न तर्फ लक्षित भएको उनले जानकारी दिए।
यी विषय समाधानका लागि कसैको पनि विमति नरहेको उनको भनाई थियो। ईपीजीलाई दिइएको समयसीमा भित्र हामीले सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने उनले बताए ।
ईपीजीको आठौँ बैठक अर्को महिना दिल्लीमा बस्ने छ । भारतीय पक्षका सदस्य जयन्तप्रसाद अस्वस्थ भएका कारण नेपाल आउन नसकेको भन्दै अर्को बैठक मार्चको अन्तिममा दिल्लीमा बस्ने डा. थापाले जानकारी दिए ।
उनका अनुसार अर्को बैठक अन्तिम नहुने त्यसपछि कार्यकालको अन्तिममा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिइने छ ।
यसअघि ईपीजीको ८ वटा बैठक पश्चात प्रतिवेदन पेश गर्ने तयारी भएको थियो। तर यसपटक नेपालका लागि भारतीय पूर्वराजदूत समेत रहेका समूहका सदस्य जयन्तप्रसादको अनुपस्थितिका कारण एउटा बैठक थपिएको हो ।
प्रतिक्रिया