काठमाडौं । विगतमा डीभी पीआरको विरोध गरेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेपछि यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुमाथि कडाइ सुरु गरेका छन । मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका हुन ।
वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौंको पाँचतारे होटल सोल्टीलाई मन्त्री पण्डितले आज एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको बताए । पाँचतारे होटल द्वारिका, काठमाडौं गेष्ट हाउस, सिटी होटलले ईआईए नगरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ ।
यसैगरि मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौमा सञ्चालित नेसनल हस्पिटल, अन्तर्रा्ष्ट्रिय मैत्री बाल हस्पिटल, मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटिएको वाताबण तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती अस्पतालहरुलाई मन्त्रालय स्वयंले कारवाही गर्न नमिल्ने भएकाले स्वास्थ्य मन्त्रालयलाई कारवाहीका लागि मन्त्री पण्डितले पत्र काटेका हुन ।
प्रतिक्रिया