देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय बीमा कम्पनीद्वारा १ सय २५ प्रतिशत बोनसको घोषणा

देशान्तर

 

काठमाडौं, राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १ सय २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।तत्कालीन राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागको १३४ औं बोर्ड बैठकले अहिले कायम २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीमा १ सय २० प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बोर्ड बैठकले आर्थिक वर्ष २०६७–२०६८ र २०६८–२०६९ को वित्तीय विवरण स्वीकृत पनि गरेको छ । बोर्ड बैठकले प्रस्ताव गरेको बोनस कम्पनीको २०६८–२०६९ सम्मको नाफाबाट वितरण गर्न लागेको हो । यो प्रस्ताव साधारणसभाबाट पारित हुन बाँकी छ ।