देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६ नम्बर प्रदेशको नाम कर्णाली, राजधानी सुर्खेत

देशान्तर

सुर्खेत। प्रदेश नंं. ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌ंसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली  र  राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई  सभामुख राजबहादुर शाहीले   पारित भएको घोषणा गरेका थिए ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्टिय र अन्तर्राष्टि रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सांसद शोसिला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धि कंडेलको प्रस्तावमा समर्थन जनाएकी थिईन् ।

नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिएको हो ।   याे सँगै प्रदेश नम्बर ६ अब   कर्णाली प्रदेशमा नामाकरण हुनुका साथै  राजधानी सुर्खेत  पक्का  भएकाे छ ।