काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुक्रवार जन्मदिन मनाएका छन । बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै उनले केक काटेर जन्मदिन मनाएका हुन ।
बालुवाटरमा उनलाई शुभकामना दिन बाक्लै भीड थियो । पार्टीका नेतादेखि र मन्त्रीहरु उपस्थित थिए ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भन्दा अलि ढिलो गरी सो समाहोरहमा उपस्थित भएकि थिइन् ।
हतार–हतार कार्यक्रमस्थलमा आइपुगेकी उनले मन्द मुस्कानसहित सबैजनालाई अभिवादन गर्दै आज केक मात्रै काटेर दिन बित्ला जस्तो छ । अरु काम नै नभएको जस्तो भएको बताइन । आलीको जन्मदिनको केक दुवै जना दम्पति मिलेर काटेका थिए ।
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म बालुवाटार पुगेका थिए ।
प्रतिक्रिया