काठमाडौं, सत्तरी मेगावाट क्षमताको मध्यमर्सयाङदी जलविधुत आयोजना आगामी ७ दिन सम्म बन्द हुने भएको छ ।आयोजनाको बाधमा निरन्तर खस्न थाले पछि आज राती १० बजेबाट सात दिनको लागि बन्द गर्न लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले बताए । आयोजना बन्दको तयारी पूरा गरिसकेको र शुक्रबार बाट मर्मत कार्य सुरु गरिने उनको भनाई थियो । ७० मेगावाट मध्यमर्सयाङदी जलविधुत आयोजना बन्द भए पनि कुलेखानी पहिलो र दास्रो विधुतगृह चलाएर लोडसेडिङ हुन नदिइने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले बताए । मर्मत कार्य चौबीसै घण्टा सञ्चालन हुने प्रमुख गौतमकले बताए ।
प्रतिक्रिया