देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईएनजीओलाई पारदर्शी र व्यवस्थित बनाउने ः बालबालिका तथा समाजकल्याण मन्त्री थापा

देशान्तर

 

काठमाडौं     महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएकी छिन । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले समावेशी–समानुपातिक सिद्धान्त अनुसार संविधानले नै स्थानीय, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरिदिएकोले अहिले महिलाहरु आएको बताउँदै मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुुनपर्नेमा जोड जोड दिइन ।
उनले एनजीओ र आईएनजीओको उद्देश्य पनि समाजमा टेवा पुर्याउने भएपनि लक्ष्य अनुसार उपलब्धि हासिल नभएको गुनासो गरिन। मन्त्री थापाले गैरसरकारी संस्थाले पारदर्शी र लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न नसकेको भन्दै यसलाई व्यवस्थित गर्ने बताइन ।