काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ ।राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन गरेको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।
देउवा सरकारले सबै निर्वाचन सम्पन्न गराएर अन्त्यमा राष्ट्रियसभामा मनोनितका लागि सिफरिस गरेका तीनजनाको नाम फिर्ता लिएर ओली नेतृत्वको मन्त्रिपरिषदले पठाएका नाम तत्कालै अनमोदन गरेको भन्दै तरुणदलले आज राष्ट्रपतिलाई विरोध स्वरुप ज्ञापन पत्र बुझाएको तरुणदलका अध्यक्ष जितजंग वस्नेतले बताए।
राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधान बिपरित पदिय मर्यादा भन्दा बाहिर गएर राजनिति गरेको भन्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन गरेको हो ।नेपाली कांग्रेसले समेत राष्ट्रपतिबाट भएको पछिल्लो हस्तक्षेप संबिधान र कानुन बिपरित रहेको बताएको छ ।
प्रतिक्रिया