काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रालय बाँडफाँटका विषयमा भएको सहमति कार्यन्वयन नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच आज भएको छलफलमा दुई नेताबीच मन्त्रीहरु थप्ने सहमति भएको थियो ।
आज साँझसम्म मन्त्रिपरिषद बिस्तारको तयारीमा रहेका दुई दलका अध्यक्ष मन्त्रालय बाँडफाँटको सहमतिमा पुगेपनि आज सरकारबिस्ता नहुने भएको छ ।
छलफलमा सहभागि नेताहरुका अनुसार अब कायम हुने १५ मन्त्रालय मध्ये एमालेले ८ र माओवादी केन्द्रले ५ मन्त्रालय लिने मोटामोटी सहमति भएको थियो । तर, दुई अध्यक्षबीच भएको सहमति दोस्रोतहका नेताहरुले नमानेपछि मन्त्रीपरिषद बिस्तार नहुने भएको हो ।
उनिहरुले दुई मन्त्रालय भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिताबारे छलफल भइरहेको भन्दै तत्काल बाँडफाँट नगर्ने सहमति गरेका थिए ।
कायम भएका १५ मन्त्रालयलाई बढाएर १८ र्पुयाउने तयारी पनि भईरहेको नेताहरुले बताएका छन । सहमति अनुसार एमालेले प्रधान मन्त्रीसहित, अर्थ, भौतिक पूर्वाधार, कानुन न्याय तथा संसदीय मन्त्रालयमा दाबी गरेको छ ।
माओवादी केन्द्रले गृह तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माग गरेको छ । यद्यपी नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमा दुवै दलको दाबी कायमै रहेको बताएका छन ।
एमाले माओवादीमा मन्त्रीका लागि नेताहरुको दौडधुप चलिरहेको छ । एमालेबाट मन्त्रीको आकांक्षी धेरै भएकाले आकांक्षी व्यवस्थापन गर्न एमालेमा सकस परेको बताइएको छ ।
एमालेमा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, शेरबहादुर तामाङ लगायतका नेताहरु मन्त्रीको लागि दौडधुपमा रहेका छन ।
यता,माओबादीले भने रामबहादुर थापाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । माओबादीबाट वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, अग्नि सापकोटा, देव गुरुङ, हितबहादुर तामाङ लगायतका नेता मन्त्रीका लागि बढी आकांक्षी देखिएको बताइएको छ ।
प्रतिक्रिया