देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजार : सम्हालिएन परिसूचक, कारोबार रकममा पनि गिरावट

देशान्तर

काठमाडौं । पछिल्लो दुई दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबारको कारोबारमा पनि सम्हालिन सकेन। यस दिन परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक ९ दशमलब ६४ अंकले घटेर १ हजार ३ सय ८७ दशमलब शून्य ८ अंकको बिन्दुमा रोकिएको छ। यस दिन १ सय ४५ कम्पनीको २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। जबकि आइतबारको मंगलबार ४० करोड ५८ लाख ९६ हजार ६ सय ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

बुधबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। यस दिन बिमा समूहमा ३६ दशमलब ९८ अंकले गिरावट आएको छ। त्यस्तै, होटल समूहमा १९ दशमलब ८२ अंकको गिरावट आएको छ। यस दिन जलविद्युत् समूहमा १८ दशमलब ४३ अंकले गिरावट आएको छ।

बुधबार ओम डेभलपमेन्ट बैंकको सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको ‘प्रमोटर’ सेयरको ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य १२ रुपैयाँ अर्थात् ५ दशमलब ३८ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँ अर्थात् ३ दशमलब ८८ प्रतिशतले घटेको छ।

बुधबार सर्वाधिक कमाउनेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६ रुपैयाँ अर्थात् ३ दशमलब ८८ प्रतिशतले बढेको छ। त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेको छ।