काठमाडौं । प्रदेश ४ को दोस्रो मन्त्रिपरिषद बैठकले प्रदेश सरकार सञ्चालनका लागि कानुन तथा कार्यक्रम र योजना तयार पार्न ५ समिति गठन गरेको छ ।
बैठकले प्रदेश सरकारलाई गति दिन कानुन मस्यौदा समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास तथा योजना विकास बैंक समिति, प्रादेशिक विकास एवं सूशासन प्रबद्र्धन समिति र प्रदेश मन्त्रिपरिषदका सदस्यहरुको आचारसंहिता निर्माण समिति गठन गरेको पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले बताउनुभयो ।
समितिले प्रदेशलाई चाहिने कानुन, आर्थिक ऐन, पेस्की खर्च ऐन लगायत कानुनको मस्यौदा तयार पार्ने बस्नेतको भनाई थियो । फागुन मसान्तसम्म यो समितिले मस्यौदाको खाका तयार पारेर अन्तिम रुप दिने बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया