काठमाडौं, सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् ।
संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् ।उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया