काठमाडौं माओबादी केन्द्रका नेता गोपाल किरातीले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ गम्भिर आरोप लगाएकाछन् । नेकपा एमालेसंग एकता गर्ने सहमति भएपछि उनले कडा धारणा सार्वजनिक गरेकाछन् । आफ्नो फेसबुकमा संक्षिप्त बिज्ञप्ति भन्दै आफ्नो धारणा सार्वजनिक गरेकाहुन् ।
बिज्ञप्तिमा माओबादी केन्द्रको संयोजकमा आफूलाइ चिनाएकाछन् । उनले आफूलाइ माओबादी केन्द्रको प्रमुखको रुपमा चिनाएको हुनसक्ने बताइन्छ ।
प्रेस विज्ञप्ति
महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु । र, मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।
–गोपाल किराती,
संयोजक, नेकपा माओवादी केन्द्र
प्रतिक्रिया