काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ ।पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका छन ।
अघिल्लो सरकारले गरेको निर्णयको विषयलाई रोकेर यो सरकारले विपक्षीस“ग दुरी बढाउने काम गरेको भन्दै शर्माले नया“ सदस्य मनोनित गरेको प्रति कांग्रेसको विमति रहेको बताएका हुन । यस निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावी दिनमा राजनीतिक सहमति नगर्ने संकेत दिएको उनको दाबी छ ।
शर्माले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणामपछि यो सरकार कामचलाउ भएको र कामचलाउ सरकारले मनोनित गरेको भन्ने आधार हो भने राष्ट्रिय सभाको निर्वाचन नै कामचलाउ सरकारले गरेको ठहरिनुपर्ने तर,मनोनितलाई मात्र किन हटाइयो भन्दै ओली सरकारमाथि प्रश्न गरेका थिए ।
देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले आज डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई मनोेनितका लागि सिफारिश गरेको थियो ।
यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रिय सदस्यमा मनोनित गर्नु भएको छ । कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयबारे नयाँ सरकारले गर्ने निर्णयहरुका आधारमा सम्वन्ध परिभाषित हुने बताएको छ ।
प्रतिक्रिया