काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजिने बताएका छन । सोमवार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले सहमति भए दलको नेता बन्न आफुपनि तयार रहेको बताए ।
उनले पार्टीमा धेरै साथिहरुले आफुलाई संसदीय दलको नेताबन्न आग्रह गरेको भन्दै कोईरालाले सहमतिमा दलको नेता बन्न तयार रहेको बताएका हुन ।
पार्टीमा नेतृत्व परिवर्तनको आवश्यक भए पनि अहिले नै महाधिवेशन गर्न नसकिने उनको भनाईछ ।
एमाले र माओवादीबीच भएको पार्टी एकतालाई कांग्रेसले कुन रुपमा लिएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री कोईरालाले कांग्रेसका लागि चुनौती र प्रतिस्पर्धा बढे पनि दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता हुनु खुसीको कुरा भएको बताए ।
कांग्रेस विपक्षमा रह“दा संगठित हुने भन्दै उनले पार्टीलाई बलियो बनाउने अभियान चलाउन आवस्यक भएको बताउदै पार्टी सभापतिले व्यक्तिगत रुपमा हार स्वीकार नगरे पनि कांग्रेसले हार स्वीकार गरेको उल्लेख गरे ।
प्रतिक्रिया