चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकता नेपालीको लागि ऐतिहासिक भएको बताएका छन ।
प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा चितवनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आम कार्यकर्ताको भावना अनुसार नै पार्टी एकता भएको र यो विश्वमा नै एतिहासिक भएको बताएका हुन ।
उनले निर्वाचन आयोगमा वैधानिक रुपमा पार्टी दर्ता भएपछि एकताले सार्थकता पाउने पनि बताएका छन । पार्टी दर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले मिलेर पार्टीको अध्यक्षता गर्ने उनको भनाई थियो ।
उनले अबको एकदुई वर्षमा नै पार्टीको महाधिवेशन गर्ने र महाधिवेशनबाटै पार्टीको नेतृत्वको टुंगो लगाउने बताए ।
प्रतिक्रिया