देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको नेता राईको आज ९७ औं जन्म जयन्ती

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको नेता बलबहादुर राईको आज ९७ औं जन्म जयन्ती । विस १९७७ साल फागुन ६ गते बाबु नवलिसंह राई र आमा भवीमाया राईको साँइलो छोराको रूपमा ओखलढुङ्गामा जन्मेका बलबहादुरले १९ पटक कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । १९९५ साल माघ १ गते ओखलढुंगाको विष्णुदल पल्टनमा मिलिसिया पदबाट जागीरे जीवन शुरु गरेका राईले भारतमा २००३ मा गठन भैसकेको नेपाली राष्टिय कांग्रेसले नेपालमा पठाएका गोप्य पर्चा पढ्न थालेपछि बलबहादुरमा राणाविरोधी भावना आयो र तेहथुम मालको बहिदार छाडेर उनी लागे ओखलढुंगातर्फ र त्यहा जनक्रान्तिमा सक्रिया भएर लागे ।

प्रजातन्त्रपछि वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच विवाद बढेपछि राईले मातृकाको पक्ष लिए र पुर्व ३ नम्बरको कांग्रेस सभापति बने । २०१३ सालमा पार्टी पुनः एक भएपछि २०४५ सालसम्म ३६ वर्षसम्म जिल्ला पार्टी सभापति बने । उनी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा ओखलढुंगा क्षेत्रबाट निर्वाचित भई सांसद पनि बने ।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि उनी जेल परे । जेलबाट एकवर्षपछि रिहा भएपछि उनको अंश सर्वस्वहरण भयो र लागे भारतमा निर्वासित जीवन बिताउन लागे । २०२५ सालमा आममाफी पाएर फर्केका बलबहादुर २०२९ मा फेरि पक्राउ परे । २०३१ मा ओखलढुंगा काण्डमा पक्राउ परेका राईृ २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका बेला उनी सिरहा जेलमा थिए । २०४८ र २०५१ सालमा ओखलढुंगाको क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्य बनेका राई २०४८ सालको निर्वचनपछि बनेको सरकारमा आवासमन्त्री, २०५१ को मध्यावधी निर्वाचनपछि बनेको सरकारमा श्रममन्त्री बने ।

सूरुमा सेनाको कर्णेल या जर्नेल हुने उनको इच्छा थियो, त्यसैले मासिक ४ रूपिया तलबमा जागीर शुरु गरेका थिए । त्यसपछि धनकुटाको श्रीनाथ पल्टनमा भर्ना भए। सेनाको हवल्दार भएको दूई वर्षमा बहिदार भएपछि तेहथुम माल अड्डामा सरुवा भए उनी । त्यतिबेला भारतमा अंग्रेजविरुद्धको भारत छोडो आन्दोलनले उचाई लिइरहेको थियो । यता उनी सेनामा काम गरिरहेकै थिए, तर सेनामा देखिएको विभेदले युवा बलबहादुरको मनमा बिद्रोहको आगो बल्न थालिसकेको थियो । राईको २०६७ साल असार २० गते ९० वर्षको उमेरमा निधन भएको हो । अरु नेताहरू बुढ्यौली लागेको र नसकिने भन्दै पन्छिइरहेका बेला बुढा बलबहादुर भने आन्दोलनका मोर्चाहरू माअग्रपंक्तिमा देखिन्थे । २०६२–६३ सालको आन्दोलनमा पनि धेरै जुलुसको नेतृत्व बलबहादुर राईले गरेका थिए ।

तस्वीर : गुगलबाट