काठमाडौं । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त भएका छन ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुन ।
प्रतिक्रिया