देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्णय विहिन न्याय परिषद्

देशान्तर

काठमाडौं । न्यायापरिषदमा रहेका दुई सदस्य उपस्थित नभएका कारण न्यायाधीश नियुक्ति प्रक्रिया अन्यौलमा परेको छ । सर्वोच्च सहित, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशको सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक आज पनि बिना निष्कर्स भएपछि न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिने भएको हो ।

गत आइतबार वरिष्ठतम न्यायाधीश दीपकराज जोशी अनुपस्थित भएपछि बैठक निश्कर्ष विहीन भएको थियो । जोशी केहिदिनको बिदामा रहेकाले आजको बैठकमा पनि कुनै निर्णय नभईकन बैठक सकिएको हो ।

न्यायाधीश सिफारिसको प्रक्रियामा परिषद सदस्य पदमप्रसाद वैद्धिकले पनि असन्तुष्टि जनाउँदै आउनु भएको छ । वरिष्ठतम न्यायाधीशको असन्तुष्टि र सरकारका प्रतिनिधि समेत कामचलाउ भइसकेको अवस्थामा न्यायाधीश नियुक्ति गर्न नहुँने वैद्धिकले अडान राख्नुभएको छ ।

न्याय परिषद् स्रोतका अनुसार जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिस गर्ने प्रधानन्यायाधीश तयार भएपनि जोशी छोराको विवाहका लागि घरजानु भएका कारण निर्णय हुन नसकेको हो ।

हाल सर्वोच्च अदालतमा १ न्यायाधीशको दरबन्दी रिक्त रहेको छ भने उच्च अदालतमा ११ न्यायाधीश र जिल्ला अदालतमा ३० न्यायाधीश पदपुर्ति गर्न बाँकिछ ।

जिल्ला न्यायाधीशमा भने आन्तरिक र ज्येष्ठता बाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन । आन्तरिक ज्येष्ठतामा पर्ने ८ जनाको हकमा भने परिषदले नै निर्णय गर्नुपर्नेछ ।

यसैबिच प्रधानन्यायाधीश गोपाल पराजुलीले एकलौटी ढंगबाट न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् ।

विवादमा परेपछि पराजुलीले तत्काल न्यायाधीश नियुत्तिलमा प्रभाव पार्न नहुने भन्दै उनिहरुले आज पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका छन ।