काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् । गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा दाहालले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’
उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले दाहाललाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।
प्रतिक्रिया