देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्तरिक उडानमा थपिए दुई चिनियाँ जहाज

देशान्तर

काठमाडौ । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई नयाँ चिनियाँ वाई १२ सिरिजका जहाज भित्र्याएको छ। नेवानिले मंगलबार थप दुई चिनियाँ जहाज नेपाल ल्याएको हो। नयाँ चिनियाँ जहाज ल्याएसँगै नेवानिसँग आन्तरिक उडानका लागि ८ जहाज भएका छन्।

तर, थपिएका दुईवटा वाई १२ सिरिज जहाज सहित नेवानिसँग चार वाइ १२ जहाज भएको छ। तर, चार वाई १२ जहाज उडानका लागि दुई पाइलट मात्रै छन्।

विमानस्थल ट्राफिक कन्ट्रोलका प्रमुख सिताराम भन्डारीका अनुसार नयाँ दुई वाइ १२ सिसिजका जहाज मंगलबार दिउँसो एउटा फ्लाइट नम्बर ०७३६ १ः२१ र अर्को ०७५६ १ः४५ जाँदा त्रिभुवन विमानस्थलका ल्यान्ड गरिएको हो ।

नेवानिसँग अब आन्तरिक उडानका लागि दुई एमए ६० , चार वाई १२ र दुइ वटा ट्वीनअटर जहाज भएको छ। अहिले नेवानीको एक ट्वीनअटरले नियमति रुपमा उडान गरिरहे पनि एउटा ट्वीनअटर भने मर्मतमा छ।

तर, पाइलट अभावकै कारण यस अघि नै ल्याइएका दुई वाई १२ सिरिजका जहाजले पनि उडान गर्न सकेका छैनन्।सम्झोतामा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो। सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो।

पहिलो पटक ल्याइएको दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई–१२ ल्याएको थियो। यसैगरी निगमले दुई सरकार बीचको सम्झौता अनुसार बाँकी रहेको दुई वटा वाई १२ जहाज ल्याउन लागेको हो।त्यसपछि ल्याइएका एक एमए ६० र तीन वटा वाई १२ सिरिजका जहाजमा नेपाल सरकारले करिब पौने चार अर्ब रुपैयाँ खर्च गरेको छ। तर, वाइ १२ जहाज कहाँ उडाने भने नेवानिसँग कुनै पनि व्यवसायी योजना छैन।

आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज नेवानिले अहिले काठमाडौंलाई आधार बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ। चारवटा वाई १२ जहाजका लागि कम्तिमा १० जना पाइलट हुनु पर्ने भएपनि दुईजना मात्रै पाइलट छन्। दुईजना पाइलटकलाई सातजना को–पाइलटले सहयोग गरिरहेको छन्। पाइलटको व्यवस्था नभएसम्म अहिले ल्याइएका नयाँ दुई चिनियाँ वाई १२ सिरिजका जहाज पनि तत्काल उड्न सक्ने अवस्थामा छैनन्।