देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र माओवादी केन्द्रबीच फागुन पहिलो साता पार्टी एकता

देशान्तर

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकतालाई तत्काल टुङ्गोमा पुर्‍याउन सहमत भएका छन । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान–टु–वान छलफलमा दुवै अध्यक्षबीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । बुझिए अनुसार दुई नेताबीच फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति भएको छ । अधिकारीका अनुसार पार्टी एकीकरण र नयाँ सरकार गठनका बारेमा शीर्षस्थ नेताहरुले यसअघि मिल्न बाँकी रहेको विषयहरुमा पनि सहमति भएको छ ।

।अब घोषणा हुन मात्र बाँकी छ ।’ पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय फेरि वान–टु–वान छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ । आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । फागुन ६ र ७ गते पछि सरकार गठन प्रक्रिया अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता नै पार्टी एकतामा जोड दिएका थिए ।