देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरणर्थी महिला र बालबालिका माथी यौन दुव्यबहार,राष्ट्रसंघीय शरणार्थी नियोगको चिन्ता

देशान्तर

 

काठमाडौं ।    संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुर्व्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग ‘युएनएचसिआर’ले जनाएको छ ।

हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुर्व्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको थियो ।उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।

यस्तो प्रतिवेदनले नियोगलाई निकै चिन्तित तुल्याएको भन्दै ती बेसहाराहरुको अधिकार संरक्षणका लागि सरकारले विशेष ख्याल गर्नुपर्नेमा युएनएचसिआरका प्रवक्ता सिसिले पाउलीले बताएका छन ।शरणार्थी शिविरहरुमा सुरक्षा र न्युनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरु बनाएर कामगर्न पनि उनको आग्रह छ ।