काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको हेरफेर दर्ता रोकेको छ । यातायात व्यवस्था विभागले १५ वर्ष आयु कटेका भाडाका गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न नमिल्ने व्यवस्था गरेको विभागका महानिर्देशक रुपानारायण भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समयमा पुराना सार्वजनीक सवारी साधानलाई निजी प्लेट नम्बरमा दर्ता गर्ने क्रम बढेका कारण त्यसलाई निरुत्साहित गर्न विभागले यस्तो निर्णय गरेको हो ।
विद्युतीय र ग्यास टेम्पो तथा माइक्रो बसका हकमा भने यो प्रतिबन्ध लागू नहुने विभागले जनाएको छ । यसैगरि फागुन मसान्तपछि देशभर २० वर्ष पुराना गाडी गुड्न समेत नपाउने विभागका महानिर्देशक भट्टराईले जानकारी बताउनुभयो ।
प्रतिक्रिया