काठमाडौं । देशभरको मौसम सोमबार सामान्यताय बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
पश्चिमी न्यून चापिय प्रणालीका कारण देशभरको मौसम बदली भएको हो । आइतबार पश्चिमबाट भित्रिएको पश्चिमी न्यून चापिय प्रणाली आइतबार राति मध्य तथा पूर्वी क्षेत्रमा पनि पुगेको हो ।
अहिले काठडमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बदली भएको छ । केही ठाउँमा पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
मंगलबार बेलुकादेखि मौसम खुल्न सुरु हुने उनले बताए । बुधबारदेखि भने सामान्यतया देशभरको मौसम सफा रहेने उनले बताए । शिवरात्रीमा पानी पर्ने र शिवरात्रीमा पानी परेपछि काठमाडौंको जाडो कम हुँदै जाने जनविश्वास समेत रहेको छ ।
प्रतिक्रिया